orivtx144678767711-300x169

एकता समाजद्वारा एन-पिस अवार्ड विजेता चौधरी र थापा सम्मानित

6 Dec 2016

अमेरिका, ५ नोभेम्बर,  मुक्त कमैया महिला विकाश मञ्च कि सभापति कौशिला चौधरी र समिदा महिला विकाश मञ्च कि संस्थापक शर्मिला थापालाई सयुक्त राष्ट्र सङ्घको युएनडीपी कार्यक्रमले भर्खरै अमेरिकामा एन पिस अवार्डद्वारा सम्मान गरेको छ । मुक्त कमैयाको क्षेत्रमा क्रियाशील चौधरी र द्वन्द पीडित तथा एकल महिलाका बालबच्चाको पालन पोषणमा कार्यरत थापालाई उहाँहरूको कामको लागि पुरस्कृत गरिएको थियो ।
नेपाल अमेरिका एकता समाजले हिजो चौधरी र थापालाई लस एन्जल्समा दुवैजनाको कामको कदर गर्दै सलाहकारहरु शान्तिराम ढकाल, राम लामा र अनिल के.सि.द्वारा दोसल्ला ओढाई सम्मान गरेको छ । सोही अवसरमा लस एन्जल्सबाट एनआरएनमा प्रतिनिधित्व गर्ने आईसिसि सदस्य दिल बहादुर श्रेष्ठ, एनआरएन अमेरिकाको सह-सचिव संगीता शिवाकोटी, महिला समिति सदस्य लक्ष्मी रानाभाट, नेपालमा भूकम्पमा राम्रों काम गरेबापत बास बिशु र मिस नेपाल क्यालिफोर्निया विजेता अनुषा कार्कीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा चौधरीले आफ्नो अनुभव बताउदै गर्दा आफ्नो कहालीलाग्दो विगत सम्झदै रुन लागेकी थिइन भने थापाले एकल महिला मात्र नभएर हाम्रो समाजमा सम्पूर्ण महिलाहरूले आफ्नो हक अधिकारको उपभोग गर्न नपाएको बताउनु भयो । उपस्थित दर्शकहरूले आफ्नो विगतलाई एउटा पाठको रूपमा सम्झदै अगाडी बढ्नको लागि हौसाला प्रदान गरिरहनु भएको थियो । अन्य सम्मानित व्यक्तिहरूले समेत कार्यक्रममा आ-आफ्नो अनुभव सुनाउनु भएको थियो । संस्थाको अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सदस्य डोल्मा लामाले गर्नु भएको थियो ।